» » सिंघानियाँ हत्याका आरोप थप एक पक्राउ

अरुण सिंघानिया 

जनकपुर जेठ १ गते । जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको आरोपमा थप एक आरोपी पक्राउ परेका छन् । सिंघानिया हत्या काण्डमा मुख्य सुटर मानिएका मनक लामालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाको टोलीले लामालाई नेपाल–भारत सीमा क्षेत्रको विराटनगर नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लामा प्रहरीलाई छल्दै मलेसिया बस्दै आएका थिए । लामा विदेशबाट फर्केपछि भारतको विभिन्न सहरमा लुकीछिपी बस्दै आएका थिए । पक्राउ परेका लामालाई भोलि आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सञ्चार उद्यमी सिंघानिया हत्या आरोपमा अहिलेसम्म छजना पक्राउ परिसकेका छन् । सिंघानियाको २०६६ फागुन १७ गते होली पर्वका दिन जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..