» » आगलागीबाट लाखौको सम्पत्ति नष्ट

फाइल फोटो

नवलपरासी, वैशाख २२ गते । नवलपरासीको मनरीमा आज भएको आगलागीबाट छ घर जलेर नष्ट भएको छ ।

आगलागीबाट ती घरमा रहेका खाद्यान्न लत्ताकपडासहित अन्नपात, गरगहना जलेर नष्ट हुँदा १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मनरी–५ का इन्ताफ दर्जीको घरबाट सुरु भएको आगलागी छिमेकीका थप पाँच घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा भएको छैन् । आगलागीबाट इन्ताफसहित मुसरफ दर्जी, रकीम दर्जी, फिरोज खान, पुर चौधरी, रहमद दर्जीको घरमा क्षति पुगेको छ ।

आगलागीबाट २० भन्दा बढी पशुचौपायसमेत मरेका छन् । आगलागी स्थानीयवासी प्रहरी र दमकलको सहायताले दुई घण्टापछि नियन्त्रणमा आएको थियो । नवलपरासीमा वैशाख महिनामा मात्र ६० भन्दा बढी घर आगलागीको कारण जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..