» » सरकार ढाल्ने कुराले काँग्रेस पार्टीमा देउवासित ठुलो लफडा



काठमाडौं, बैशाख २५ गते । आफ्नो पार्टी भित्र परामर्श नै नगरी सरकार ढाल्ने खेलमा लागेकै कारण असफल भई पार्टीकै बदनाम भएको भन्दै कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको छ ।

बरिष्ठ नेता पौडेल पक्षधरले शुक्रवार भेला गरी देउवाको कारण पार्टीको शाख नराम्रोसँग गिरेको भन्दै चर्को आलोचना गरेका छन् । पौडेल पक्षधर नेताले सरकार परिवर्तनको प्रयासबारे पार्टी नेतृत्वले पार्टी्भित्र छलफल नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

सभापतिले आफूहरुलाई कुनै जानकारी समेत नगराएको भन्दै यस्तो कार्यशैलीबाट पार्टी अघि नबढ्ने निष्कर्षसमेत पौडेल पक्षले निकालेको छ ।

पौडेल पक्षधर नेताहरु कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, आनन्द ढुंगाना, मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायत २० बढी केन्द्रीय सदस्यले शुक्रवार काठमाडौंमा भेला गरी देउवाविरुद्ध खनिएका हुन् ।

‘सरकार ढाल्न किन आवश्यक पर्यो । पार्टी्भित्र छलफल गर्न किन आवश्यक ठानिएन, कसको इसारामा यस्तो काम भयो रु’ जानकारी माग्ने क्रममा देउवासँग उनीहरुको भनाई थियो । आजको राजधानी दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..