» » सरकारसँग यथास्थितिमा वार्ता हुन नसक्ने उपेन्द्र यादवको दावी


पर्सा वैशाख २८ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले वार्ताका लागि पठाएको पत्रको कुनै औचित्य नरहेको बताउनु भएको छ ।

पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्नु हुँदै अध्यक्ष यादवले वार्ताको नाममा सरकारले विश्वास गुमाई सकेकाले यथास्थितिमा वार्ता नहुने बताउनु भयो । अधिकारका लागि काठमाडौ केन्द्रीत आन्दोलन भइरहेको बताउँदै उहाँले अधिकार नलिएसम्म त्यो नरोकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अबको आन्दोलन काठमाडौं केन्द्रित हुने र जारी मधेस आन्दोलन सफल नभएसम्म आन्दोलन रोकिदैन ।

जारी मधेस आन्दोलनले राष्ट्रिय रुप लिइ सकेको बताउँदै उहाँले अब काठमाडौंमा जेठ १ गते बाट हुने निर्णायक आन्दोलन सफल पार्न सबैलाई आग्रह समेत गर्नुभयो । पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्दी, केन्द्रीय सदस्य बालकिसोर यादव, पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवको पनि उपस्थिति थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..