» » ट्रयाक्टर पल्टिदा चालकको मृत्यू


महोत्तरी, वैशाख २७ गते । महोत्तरीको बर्दिवास नगरपालिका–५ मा आज बिहान इँटा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

आज बिहान ज १ त १४७७ नम्बरको ट्र्याक्टरमा इँटा लोड गरी गइरहेको समयमा अनियन्त्रित भई पल्टिदा सोही ट्र्याक्टरका चालक औरही–८ का २० वर्षीय विनय सदाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही ट्र्याक्टरमा लोड गरिएको इँटाले थिचिएर गम्भीर घाइते भएको सदाको उपचारको क्रममा बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उनको ज्यान गएको जिल्ला ट्र«ाफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..