» » आन्दोलनमा एक्यवद्धता जनाउने विदेशीलाई खोज्दै प्रहरी, एक पक्राउ


काठमाडौ जेठ ४ गते । सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा एक्यवद्धता जनाउने विदेशी तथा दातृ निकायलाई सरकारले निगरानीमा राखी अनुसन्धान शुरु गरेको छ ।
सिहदरवार घेराउ गर्ने क्रममा केही विदेशी नागरिकले एक्यवद्धता जनाउन आएका थिए । उहाँहरुको खोजी कार्य जारी रहेको सरकारी स्रोतले जनाएको छ । यो आन्दोलनलाई विदेशी संस्थाहरुले पनि सहयोग गरेको आशंका राज्यले गरेको छ त्यसको पनि पहिचान गर्ने काम भइरहेको बताइएको छ । आन्दोलनमा आएकाहरुको फोटोको आधारमा खोजी गर्ने कार्य शुरु भएको  छ।
हिजो झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीालाई प्रहरीले हिजै पक्राउ गरेको थियो । पक्राउ परेका बेलायती नागरिकले आफ्नो नाम मार्टिन पेवर बताएको काठमाडौका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले बताउनुभयो । ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।


केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो ।

सोही आधारमा ती नागरिकले नेपाल छाडेका थिए । सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको सुवेदीको दावी छ ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले आइतबार र सोमबार आन्दोलनका क्रममा केही विदेशीको समेत संलग्नता भएको सूचनाका आधारमा मन्त्रालयले अनुसन्धान अगाडि बढाएकोे जानकारी दिनुभयो  । उहाँले भन्नुभयो, आन्दोलनमा सहभागी हुनु अध्यागमन कानुन विपरीत हो ।’

प्रवक्ता कोइरालाले एक किसिमको प्रवेशाज्ञामा आएर आन्दोलनमा सहभागिता जनाउनु गम्भीर भएको बताउनुभयो ।

उनीहरुलाई प्रवेशाज्ञा खारेजसम्मको कारबाही हुन सक्ने उहाँले बताउनुभयो । आन्दोलनमा सहभागी भएकाहरुको तस्बिरका आधारमा खोजी भइरहेको समेत जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..