» » बालबालिकाको स्वास्थ्य बारे छलफल


मनिष गुप्ता
कपिलवस्तु जेठ १६ गते । कपिलवस्तुको चन्द्रौटामा  बालबालिकाहरुको स्वास्थ्य र पोषण सम्बन्धी तीन दिने अभिमुखीकरण सकिएको छ ।

निजी विद्यालयका स्वास्थ्य तथा पोषण फोकल शिक्षकको माध्यमबाट बालबालिकाहरुको स्वास्थ्य र पोषणको विद्यमान स्थिति सुधार गर्ने उद्देश्यले अभिमुखीकरण संचालन गरिएको हो ।

निजी विद्यालयमा अध्ययनरत बालबालिकाको शारीरिक, मानसिक, सम्बेगात्मक तथा शैक्षिक स्तर विकासमा टेवा पु¥याउन अभिमुखीकरण संचालन गरिएको कालिका स्वावलम्बन सामाजिक केन्द्र चन्द्रौटा शाखा प्रमुख एवं सहजकर्ता अजय चौधरीले जानकारी दिनुभयो ।

अभिमुखीकरणले विद्यालयमा खुवाइने दिवा खाजालाई गुणस्तरीय र पौष्टिक बनाउन सहयोग पुग्ने साझा उद्देश्यका लागि प्रायोजित कार्यक्रमका अधिकृत सुवाष रेग्मीले विश्वास व्यक्त गर्नुभयो ।

साथै बालबालिकामा देखिने व्यक्तिगत सरसफाई, हात धुने, चर्पीको प्रयोग जस्ता आधारभूत पक्षमा सुधार गर्दै विद्यालय निरन्तरता र शैक्षिक उपलब्धी वृद्धि गर्ने मद्धत मिल्ने सहजीकरण गर्दै रेग्मीले बताउनुभयो ।

कार्यक्रमका स्पोन्सर अधिकृत अर्जुन थापाले निजी विद्यालयमा अध्ययनरत प्रायोजित बालबालिकालाई सहयोग पु¥याउन फोकल शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण गरिएको बताउनुभयो ।

अभिमुखीकरणमा सन् १९८६ को ओटावा सम्मेलनले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सुदृढिकरणका लागि निर्धारण गरिएका ५ कार्यक्षेत्रबारे जानकारी गराइएको थियो ।

अभिमुखीकरणपछि सहभागीले आफ्नो विद्यालयमा गई सिकेको सीपलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

जिल्लाका पश्चिमी भेगका २१ ओटा निजी विद्यालयका फोकल शिक्षकहरुको सहभागिता रहेको अभिमुखीकरणमा सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक केदार शाह, कार्यक्रम अधिकृत परमानन्द मण्डल, कालिकाका कार्यक्रम अधिकृत सुवाष रेग्मी, स्पोन्सर अधिकृत अर्जुन थापा लगायतले सहजीकरण गर्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..