» » सिके लालले भन्नुभयो, यो सविधान माओवादी, माले, मसाले, मण्डलेको विधान हो (हेर्नुस् पूरा भिडियो)


काठमाडौ जेठ ९ गते । राजनीतिक विश्लेषक सिके लालले जारी भएको नयाँ सविधान माओवादी, माले, मसाले र मण्डलेको विधान भएको दावी गर्नुभएको छ । विगतमा राजा महाराजाले जसरी राज्यका कानुनलाई विधानको रुपमा प्रयोग गर्थे त्यसरी नै अहिलेका विधान भएको उहाँले टिप्पणी गर्नुभयो ।
अहिलेको विधानलाई उहाँले जंगल राज्यको विधान भएको पनि टिप्पणी गर्दै भन्नुभयो, जंगल राज्यमा र मानव राज्यमा धेरै फरक हुँदैन । जंगलमा शेरलाई जे मन लाग्छ त्यो गर्छ तर मानव राज्यमा त्यस्तो हुँदैन । किनभने जंगलमा कुनै लिखित कानुन हुँदैन तर मानव राज्यमा लिखित कानुन हुन्छ ।’

हिजो मधेश मानव अधिकार (अमेरिका) र यादव सेवा समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै राजनीतिक विश्लेषक लालले सविधानमा शेरलाई जे मन लाग्छ त्यही गरोस् भनि लेखि दियो भने त्यो के सविधान टिप्पणी गर्नुभयो ।

अहिलेको सविधानमा मनमानी भएको दावी गर्दै उहाँले त्यसलाई संस्थागत गर्ने प्रयास राज्यबाट भइरहेको पनि टिप्पणी गर्नुभयो । सविधानमा बुवालाई अधिकार दिएको तर आमालाई अधिकार नदिएको भन्दै त्यसप्रति उहाँले कडा टिप्पणी गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..