» » तमलोपामा महन्थ ठाकुरपछिको नेता को ?

काठमाडौ जेठ १३ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको तयारी जोडतोडका साथ चलिरहेका छन् । यसको सदस्यता नविकरणदेखि लिएर प्रतिनिधि बनाउने तथा हरेक कुराको अध्यावधिकको कार्य भइरहेका छन् ।

यसैक्रम सहाराटाइम्सले एउटा सदस्यता रसिदको अधकटी फेला पारेको छ । त्यो अच्चमखालको रहेको छ । २०६४ सालमा गठन भएको तमलोपाको सदस्यताको रसिद न. १ को सदस्यता सो पार्टीका संस्थापक अध्यक्ष महन्थ ठाकुर लिनु भएको छ दोस्रो नम्बरमा सो पार्टीका विद्यार्थी अध्यक्षा मनिष मिश्रको रहेको छ ।

२०६४ साल पुस १३ गते दिएको सदस्यतामा पार्टी अध्यक्ष महन्थ ठाकुरको नाम रहका छ । अध्यक्ष मिश्रले १९ वर्षको हुँदा सो सदस्यता लिनु भएको हो । हाल उहाँ २७ वर्षको हुनुहुून्छ ।

स्थापनाकालदेखि तमलोपामा लाग्नु भएका मनिष दोस्रो नम्बरमा सदस्यता लिन सफल हुनुभएको छ यसैबाट पुष्टि हुन्छ कि मिश्र तमलोपामा स्थापनाकालदेखि महन्थ ठाकुरको साथमा रहँदै आउनु भएको छ ।

पार्टीको वरिष्ठताको कुरा गर्ने हो भने दोस्रो नम्बरको रसिद वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीले लिनुपर्ने हो तर विद्यार्थी अध्यक्ष मिश्रले नै लिनुभएको छ भने कुराले पार्टीको शुरुवातमा पनि मिश्र सक्रिय भएर लागेको प्रमाण हो यो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..