» » ललाइफकाई यौन शोषण गर्ने पक्राउ


सप्तरी, वैशाख २८ गते । १४ वर्षीया एक बालिकालाई ललाइफकाइ यौनशोषण गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

पक्राउ पर्नेमा जिल्लाको कञ्चनरुप नगरपालिका–२ बस्ने ३५ वर्षीय उपेन्द्रदास तत्मा रहेको प्रहरीले आज जनाएको छ ।

उनलाई सप्तरीको बक्दुवा–७ स्थित मोहलीबाट आफन्त पर्ने दुःखी दास तत्माको घरमा युवतीसँग अनैतिक कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । ती युवतीलाई तीन–चार दिनदेखि तत्माको घरमा राखेर अनैतिक कार्य गरेको प्रहरीको भनाइ छ ।

पीडित युवतीको परिवारले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका अधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती बालिका चार–पाँच दिनदेखि घरबाटै बेपत्ता भएपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए । पक्राउ परेका दासको विरुद्धमा जवर्जस्ती करणी उद्योग मुद्दा चलाइने प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..