» » भक्तपुरमा गठबन्धन

काठमाडौं जेठ ११ गते । संघीयता र पहिचान पक्षधर संघीय गठबन्धनले आज  ऐतिहासिक नगरी भक्तपुरमा राज्यविरुद्ध बृहत प्रदर्शन गरेको छ ।

बसपार्कबाट निकालिएको र्यालीमा हजारौंको सहभागिता रह्यो । भक्तपुरको महत्वपूर्ण स्थान मानिने न्यातपोलमा सरकार विरुद्ध नाराबाजी गर्दै र्याली विरोध सभामा परिणत भएको थियो । कार्यक्रममा फोरम नेपालका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, तराई सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङदेन लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।


सोमबार कीर्तिपुरमा पहिचानको झन्डा गाडेर हौसिएको गठबन्धनले आज ऐतिहासिक शहर भक्तपुरमा पहिचानको मुद्दालाई बुलन्द पारेको छ । गठबन्धनको विरोधसभा हेर्न र उहाँहरुको माग सुन्न कार्यक्रम स्थलमा हजारौं भक्तपुरबासीको भीड लागेको थियो । कतिपय स्थानीय बुद्धिजीवीहरुले गठबन्धनको मञ्च समेत साझा गरेका थिए । काँग्रेस, एमाले र माओवादीसहितका संविधान जारीकर्ता दलहरुले नयाँ संविधानमा कसरी उत्पीडित जनताको हक, अधिकार र पहिचान खोसेका छन्, त्यसबारे गठबन्धनले भक्तपुरबासीलाई प्रष्ट पार्ने प्रयास गरेको छ ।

मधेशबाट उक्लिएको मधेशी मोर्चा तथा पहाड र हिमालबाट केन्द्रीत भएका जनजातिको फरक, भाषा, संस्कृति र पहिरनको ऐतिहासिक संगम गठबन्धनको सौन्दर्य बनेको छ ।

राज्य सत्ताले शदिँयौदेखि कोरेर राखेको कटुता र दूरीलाई बिर्सेर मधेश, पहाड र हिमालबीचको अभूतपूर्व मिलन देखेर भक्तपुरबासी समेत चकित देखिन्थे । विविधता युक्त गणतन्त्र नेपालको प्रष्ट तस्वीर बोकेको संघीय गठबन्धनले पहिचानको मुद्दामा भक्तपुरलाई तताउन सफल भएको छ ।

सिंहदरबार र वालुवाटार घेराऊ सफल पारेर राजधानी केन्द्रीत आन्दोलनमा होमिएको गठबन्धनमा मधेशी, आदिवासी जनजाति, खस, थारु, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, नेवाः, शेर्पा लगायतका दल, संगठन तथा समुदाय आबद्ध छन् । संविधान पुनर्लेखन गरी दलीय बद्मासीले बञ्चित गरिएको अधिकारलाई पुनः सुनिश्चित गराउन जारी आन्दोलनमा सहभागी गठबन्धनले आह्वान समेत गरेको छ ।

संविधानको पुनर्लेखन र कालोबजारी, लोड सेडिङ, मँगही, बेरोजगारीको अन्त्य जस्ता २६ सुत्रिय प्रमुख माग राखेर आन्दोलनरत संघीय गठबन्धनले सोमबार कीर्तिपुरमा सरकार विरुद्ध कडा प्रदर्शन गरेको थियो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..