» » नाचागान गर्दै, सिहदरवार घेर्दै (फोटो फिचर)

काठमाडौ जेठ ३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मलित संघीय गठबन्धनको दुई दिनदेखि जारी सिहदरवार घेराउ कार्यक्रममा सहभागिहरुको सँख्यामा बृद्धि भएको छ । 

हिजोदेखि शुरु भएको घेराउ कार्यक्रममा आज कार्यकर्ताको बृद्धि भएको छ । जिल्ला जिल्लाबाट अझै कार्यकर्ताहरु आउँदैछन्, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाका अनुसार जसरी जसरी दिन ढल्दैछ त्यसरी त्यसरी उपस्थिति बाक्लिदै गएको छ । 

कार्यक्रममा सहभागि हुन आएका कार्यकर्ता तथा नेताहरु नाचगान गरेर घेराउ कार्यक्रमलाई सफल पार्दैछन । विहान नौ बजेदेखि बसेका कार्यकर्ताहरु बोर नहोस् भनेर विभिन्न प्रकारका साँस्कृतिक कार्यक्रमहरु शुरु भएको छ । 

आदिवासी जनजाति तथा मधेशीहरु आफ्ना भेषभुषामा साँस्कृतिक कार्यक्रम गरि रमाइलो गरिरहेका छन् । नाचगान गर्दा आन्दोलनसँग सम्बन्धित गीत संगितहरु बजिरहेका छन् । 
सिहदरवार घेराउ भोली पनि हुनेछ ।







About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..