» » शेरनारायणलाई रिहाय गर्न अनिल झाको माग


काठमाडौ जेठ १२ गते । पत्रकार एवं सहित्यकार शेषनारायण झालाई प्रहरीले पक्राउ गरेको प्रति नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आपत्ति प्रकट गर्नुभएको छ । उहाँले पत्रकार एवं साहित्यकार शेष नारायण झा (ऋषिशेष) लगायतका लाई हिजो नेपाल प्रहरीव्दारा गरिएको गिरफ्तारीको घटना प्रति आपत्ति प्रकट गर्दै बिना शर्त तत्काल रिहायका लागि सरकारसँग जोडदार माग  गर्नुभएको छ ।

अधिकारका लागि शान्तिपुर्ण आन्दोलन गर्दा राज्यले गोली ठोक्छ । र साङकेतिक बिरोध गर्दा हिरासतमा लिन्छ, उहाँले भन्नुभयो, विधिको शासन, लोकतन्त्र, मानव अधिकार, शान्तिपुर्वक विरोध गर्न पाउने हक, अभिब्यक्ति स्वतन्त्रता र कानुनी राज्य त उहिलेको कुरा भइसकेको अनुभुति र भान हुन्छ ।

सिहदरवारको गेटमा इशानले रातो कलर फ्यालेकोलाई फोटो खिच्न जाँदा उहाँलाई प्रहरीले पक्राउ गरेको थियो । हाल झा हिरासमा हुनुहुन्छ । अनुसन्धानका लागि सात दिनको म्याद थपिएको छ । उहाँ र इशानबीच कुनै सम्बन्ध नरहेको समाजिक अभियन्ता सरोज रायले बताउनुभयो ।

पत्रकार झा राससमा आवद्ध पत्रकार हुनुहुन्छ भने अन्य पुस्तकहरु पनि प्रकाशन गरेको उहाँ निकट स्रोतहरुले जनाएको छ 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..