» » मधेश भवन उद्घाटन गर्न विनोद सिहलाई के को हतारा ?


काठमाडौ बैशाख २६ गते । २०६९ साउन १७ गते तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबाट शिल्यानाश गराइएको नेपाली मधेशी निजामती कर्मचारी मञ्चको मधेश भवन आज मञ्चका अध्यक्ष विनोद सिहले आफै गर्नुभएको छ, जुन विरलै त्यस्तो देखिन्छ । 

महन्थ ठाकुर दिल्ली रहेको मौका छोपी सिहले यस्तो गरेको मञ्चका पदाधिकारीहरु बताउनु हुन्छ ।

महन्थ ठाकुरबाट गराइएको शिल्यानाश उहाँबाट वा उहाँकै स्तरका कुनै नेता वा व्यक्तिबाट गराउनुपर्ने थियो तर शिल्यानाश ठाकुरबाट र निर्माण भएपछि आफै उद्घाटन गरेपछि शिल्यानाश गर्नेको अपमान भएको टिकाटिप्पणी शुरु भएको छ ।
यता सो भवनको बारेमा मञ्चका पदाधिकारीहरुमा नै विवाद देखिएको छ । उद्घाटन सम्बन्धि निर्णय गर्नका लागि बसेको बैठकमा भएको म्यानुटमा उद्घाटनको बारेमा कुनै निर्णय नगरेपनि अध्यक्ष सिहले आफ्ना दुई चारजना मान्छेलाई बोलाएर जवर्जस्ती उद्घाटन गराएको स्रोतको दावी छ । 

उद्घाटन गर्न हतार भनि एकजना पदाधिकारीसँग जिज्ञसा राख्दा उहाँले अध्यक्ष सिंहलाई शिलालेखमा नाम लेखाउन हतार भएर यस्तो गर्नुभएको आरोप लगाउनु भयो ।

जेठको पहिलो साता हुने मञ्चको महाधिवेशनबाट सिंह अध्यक्षबाट हट्ने भएकाले हतार हतारमा जवर्जस्ती सो भवन उद्घाटन गरेको पदाधिकारीहरुको आरोप छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..