» » संकटको सामना गर्न मन्त्रीद्धारा आग्रह

काठमाडौ जेठ ८ गते । सिचाई मन्त्री उमेशकुमार यादवले नाकाबन्दीमा देखाएको धैर्यताप्रति ट्रक व्यवसायीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

आज ट्रक यातायात व्यवसायी संघ नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै मन्त्री यादवले संकटको बेला सहयोग गर्ने नै महान हुने गरेकाले नाकाबन्दी र भूकम्पको बेला देखाएको धैर्यता प्रशनसीय रहेको बताउनुभयो । संकटको बेला सहयोग गर्नु सबैको कर्तव्य भएको बताउँदै उहाँले जसले संकटको बेला सहयोग गर्दैन त्यो राष्ट्रवादी नहुने धारणा राख्नुभयो ।

एमाओवादी पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री यादवले देशमा संकट नटरेको उल्लेख गर्दै संकटलाई सामना गर्न तयार रहन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले देशी विदेशी सम्राज्यवादीहरुको आँखा नेपालप्रति कायमै रहेकाले सतर्क रहन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘देश सबै समस्याबाट मुक्त भएको कुरा वहियात हो । सविधान निर्माणको चुनौति कायमै रहेकाले यसमा सबैको सहयोग आवश्यक छ ।’

ट्रक व्यवसायीले उठाउँदै आएको पार्किङ्गको समस्या बारे उहाँले यस बारे आफूले सरकारको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने बताउनुभयो । ट्रक व्यवसायीको कतिपय समस्या नीतिगत रहेकाले त्यसका लागि वर्तमान सन्दर्भमा नीति नियम पनि संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । ट्रक व्यवसायीहरुले ट्रकका लागि कतै पार्किङको व्यवस्था नरहेकाले उचित ठाउँमा पर्किङ्गको व्यवस्था माग गर्दै प्रधामन्त्री, गृहमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..