» » फोरम लोकतान्त्रिकमा को को भए केन्द्रीय सदस्य ?


विराटनगर, वैशाख २३ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को केन्द्रीय कार्यसमिति सदस्य सर्वसम्मत ढङ्गले चयन भएको छ ।

सो पार्टीको जारी महाधिवेशनको तेस्रो दिन बुधबार खुल्लातर्फ २१ र आरक्षित २१ स्थान गरी ४२ स्थानका लागि ९७ जना आ–आफ्ना उम्मेदवारी दर्ता गराएका थिए ।

पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई पार्टीको केन्द्रीय समितिको बैठकले सर्वसम्मत चयन गर्न अधिकार दिएपछि गएराति १२ः३० बजे सर्वसम्मत ढङ्गले चयन भएको पार्टी प्रवक्ता सुनिलरञ्जन सिँहले जानकारी गराउनुभएको छ ।

सर्वसम्मत ढङ्गले खुल्लातर्फबाट चयन हुने सदस्यहरुमा क्रमशः नन्दकुमार सरदार, कामेश्वरप्रसाद साह, गणेश लामा, मोहम्मद मुस्ताक आलम, शिवकुमार गुरमाछाने, छेदीलाल चौंधरी, उमाशङ्कर अरगरिया, सिद्धिकुमार महर्जन, सप्पनकुमार दास र योगेन्द्र चौधरी छन् ।

त्यसैगरी, लक्ष्मण यादव, सुबोधकुमार पोखरेल, प्रेम विसी, मोहम्मद तोफिक खान, निरु कार्की, वेदनारायण गच्छदार, अनिलकुमार गोड, हरेन्द्र सिँह, राजकुमार नालगो, प्रदीपकुमार चौधरी र वासुदेव राना रहेका छन् ।

सोही केन्द्रीय सदस्यको आरक्षित पदमा महिलातर्फ जसवी मण्डल र रुक्मणि मण्डल, आदिवासी ९हिमाल–पहाड०बाट साथीमान बल र जयराज सङपोक, लिम्बू, आदिवासी ९तराई–मधेस०बाट उषा राजवंशी, शिवनारायण उराव, दलित (तराई–मधेस) बाट कलावतीदेवी पासवान र रमणी राम, दलित (हिमाल–पहाड) बाट सन्तोषी विश्वकर्मा र हस्तबहादुर विश्वकर्मालाई छनोट गरिएको छ ।

त्यसैगरी, पिछडावर्गबाट रामलखन ठाकुर बरही र देवनारायण मुखिया तथा खसआर्यबाट शिवप्रसाद दङ्गाल र दूर्गादेवी कोइराला, मधेसीबाट चन्दा साह, अर्जुनप्रसाद शर्मा, जवाहरलाल यादव र नारायण मेहता, मुस्लिमबाट गफार अन्सारी र मोहम्मद मोहताव आलम एवम् कर्णाली क्षेत्रबाट धनबहादुर पाण्डेलाई चयन गरिएको छ ।

यसअघि, पार्टीको अध्यक्ष पदमा बुधबार पार्टी अध्यक्ष विजयकुमार गच्छदारको एक मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भइसक्नुभएको छ । निर्वाचित सदस्यको आजै अपराह्न शपथग्रहण हुने पार्टी प्रवक्ता सुनिलरञ्जन सिँहले जानकारी गराउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..