» » कारवाही गर्न चुनौति दिदै अध्यक्ष महतोले भन्नुभयो, भोली हामी बालुवाटारमा आउँदैछौ

काठमाण्डौं जेठ ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित सिंहदरबार घेराव कार्यक्रमलाई तमासा भएको भन्दै कार्रवाही गर्ने चेतावनी दिएपछि सदवना पार्टीले आपत्ति जनाएको छ ।
सिंहदरबार दक्षिणी गेट तिर धर्नाको नेतृत्व गरिरहेका सदभावना पार्टीका अँैध्यक्ष राजेन्द्र महतोले आन्दोलनकारी विरूद्ध कार्रवाही गर्न प्रधानमन्त्री ओलीलाई चुनौती दिनु भएको छ ।

प्रम ओलीको भनाईप्रति निकै आक्रोशित बनेका महतोले मधेशी जनजाति लगायतको आन्दोलनलाई ख्याल ठठा र उखान टुक्काको रुपमा नलिन आग्रह गर्दै आफूहरूको मांग प्रति गम्भीरता देखाउन अपील पनि गर्नुभयो ।
प्रधानमन्त्रीले हाम्रो आन्दोलनलाई तमासा भन्ने हो, के ठान्नु हुन्छ ओलीजी  आफूलाई ? आक्रोशित हुँदै महतोले संचारकर्मीलाई भन्नुभयो, सारा पावर उहाँसँगै छ। अनि केको घुर्की देखाएको होला ? हिम्मत छ भने आन्दोलनकारी माथि कारवाही गरेर देखाउन् ।

अध्यक्ष महतोले भने, ओलीले पहिला पनि मधेशी जनजाति आन्दोलनको मजाक उडाउनु भएको थियो । पछिल्लो पटक मधेशी मोर्चा द्वारा गरिएको मानव शृंखलालाई माखे श्रृंखला भन्नुभएको थियो, अहिले हाम्रो शान्तिपूर्ण प्रदर्शनलाई तमासा भन्नुभएको छ, प्रधानमन्त्रीलाई तमासा हेर्न शौख छ भने भोलि हामी बालुवाटारमा यो तमासा देखाउने छौं र हिम्मत भए कार्यवाही गरेर देखाउन् ।


यहाँ क्लिक गरेर यो पनि पढ्नुस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..