» » किन हराउँछन् महिलाहरु मात्र ?


चितवन, जेठ ६ गते । जिल्लामा विगत पाँच वर्षमा एक हजार तीन १४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् ।

महिला सात सय ५४ जना छन् भने चार सय ४५ जना बालबालिका र पुरुष एकसय १५ जना रहेका छन् । जसमध्ये हालसम्म चारसय १५ जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षमा रहेको पञ्चवर्षे तालिकालाई हेर्दा आर्थिक वर्ष २०६८÷०६९ देखि हालसम्म चितवनमा हराएपछि भेटिएकामध्ये महिला दुई सय २३, बालबालिका एक सय ६१ र पुरुष ३१ जना रहेका छन् । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार बालबालिका र महिलालाई मानव ओसारपसार र घरेलु कामदारका रुपमा बढी प्रयोग गर्ने भएकाले उनीहरु धेरै हराएका हुन् ।

विशेषतः समाजमा व्याप्त रहेको छोराछोरीको विभेद र भेटिएको जानकारी नआउनुले मुख्य समस्या बनेको उहाँले बताउनुभयो । महिला र बालबालिकामा चेनताको वृद्धि हुन नसकेका कारण यसलाई न्यूनीकरण गर्न नसकिएको कुँवरले बताउनुभयो ।

कार्यालयका अनुसार चितवनमा चालु आवको १० महिनामा २१० जना हराएका छन् । जसमध्ये ७० जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार हराएकामध्ये सबैभन्दा बढी महिला १३४ जना रहेका छन् । यस वर्ष भने हराउनेमा महिला पछि पुरुष र बालिका रहेका छन् । पुरुष ३३, बालिका २३, र बालक २० जना हराएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यस्तै आव ०६८÷६९ मा दुईसय ११ जना, आव ०६९÷७० मा तीनसय १३ जना, आव ०७०÷७१ मा ३४८ जना र आव ०७१÷७२ मा दुईसय २२ जना हराएका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..