» » प्रचण्डले भन्नुभयो, मेरो प्रेमिकालाई कसैले लैजान खोजे चित्त बुझ्दैन’


महोत्तरी बैशाख २७ गते । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मधेससँग ‘लभ’ परेको कुरा पुनः दोहोर्याउनु भएको छ । ््
महोत्तरीमा आज अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्न महोत्तरी पुगेका प्रचण्डले सो कुरा दोहोर्याउनु भएको हो ।

‘मधेसी जनतासँग अझै मेरो लभ छ, उहाँले भन्नुभयो, मेरो प्रेमिकालाई कसैले लैजान खोजे चित्त बुझ्दैन ।’ उहाँले मधेसमा ठूला दलाल र पूँजीपति घुसेको तर्फ इंगित गर्दै भन्नुभयो, ‘मधेस आन्दोलन सर्वहारा वर्गको नेतृत्वमा भयो भने मात्र सफल हुन्छ । तर, ठूला दलाल र पूँजीपति मधेसी जनतालाई ठगेर सामन्तीले दलालले नेतृत्व गर्ने डर छ ।’

रातापाटीका अनुसार अध्यक्ष प्रचण्डले विगतमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र ११ प्रदेशमा सहमति हुँदा मधेसी दलहरु नै पछाडि हटेका कारण सहमति लावारिस भएको दावी गर्नुभयो । ‘हिजो सहमति हुँदा पछि हट्ने र आज विभिन्न कुरा राखेर आन्दोलन गर्ने रु यो कतिको जायज हो ?,’ प्रचण्डले प्रश्न गर्नुभयो ।

उहाँले संविधान नै नबन्ने खतरा बढेका कारण केही कुरा त्याग गरेर भए पनि संविधान जारी गरेको स्पष्ट पार्नुभयो । ‘बरु तराईमा कल्स्टर मिलेको प्रदेश छ । पहाडमा त्यो पनि छैन । त्यही भएर प्रदेशको सीमाकंनको विषयमा मधेसी जनता त्यति अन्यायमा परेका छैनन्,’ उहाँले भन्नुभयो ।

प्रचण्डले आफूहरु मधेसी नेतासँग निरन्तर छलफल गरेर संविधान संशोधन गर्न तयार गरेको पनि जिकिर गर्दै ठूला दलालको पूजीँपतिहरुलाई आन्दोलनको नेतृत्व गर्न नदिन जनतासँग अनुरोध गर्नुभयो ।

उहाँले आफ्नो ध्यान प्रधानमन्त्री भन्दा पनि राष्ट्रिय सहमितमा भएको कारण राष्ट्रिय सहमतिको सम्भावना नहुँदा प्रधानमन्त्री बन्न अस्वीकार गरेको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो इच्छा प्रधानमन्त्री ताक्ने होइन, राष्ट्रिय सहमति कायम राख्ने हो । तर, भोलि तपाईं देश हाक्ने जिम्मा आयो तर्सिन्छ भन्ने नठान्नुहोला ।’

कांग्रेसलाई प्रधानमन्त्री दिने वाचा गरेर आफू पछि हटेको भए धोका हुने बताउँदै राष्ट्रिय सहमति नहुने अवस्थामा म प्रधानमन्त्री हुन्न भन्नु धोका नहुने उहाँले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..