» » सरकार विरुद्ध नेविसङ्घद्वारा विरोध प्रदर्शन


काठमाडौँ, जेठ १४ गते । सरकारले कालोबजारी र भ्रष्टाचार नियन्त्रण नगरेको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध प्रदर्शन गरेको छ ।

नेविसङ्घ काठमाडौँले आज रत्नपार्कमा सरकारले सपना मात्र बाँड्दै हिँड्ने तर काम नगर्ने जनाउँदै यसको विरोध गरेको हो ।

विरोधसभामा नेविसङ्घका नेता दीपक भट्टराईले शिक्षा क्षेत्रमा शुल्क वृद्धि हुँदा समेत सरकार चुप लागेर बसेको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।

नेविसङ्घका नेता मनोज वैद्य, ऋषिकेशजङ्ग शाह, चन्द्रबहादुर क्षेत्री, विष्णु पौडेललगायतले सरकार भ्रष्टाचार, महँगी, कालोबजारीमा लागेको भन्दै यसका विरुद्ध निरन्तर लाग्ने बताउनुभयो । कार्यक्रममा सरकारका विरुद्ध खबरदारी गरिनाका साथै सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..