» » दुर्घटनामा श्यामप्रसादको मृत्यू

महोत्तरी, जेठ ६ गते । महोत्तरी जिल्लाको रतौली गाविसमा बुधबार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बदिया बन्चौरी–३ बस्ने ६० वर्षीय श्यामप्रसाद ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आफ्ना एकजना साथीसँग बुधबार साँझ ५ बजेको समयमा धनुषाको जनकपुरबाट ज १ त ८६०२ नम्बरको मोटरसाइकलमा चढी आफ्नो घर बदिया बन्चौरी जाँदै गरेका ठाकुरलाई जिल्लाको रतौली–६ स्थित हुलाकी सडकमा विपरीत दिशाबाट आइरहेको ज १ त ६७८८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

सोही घटनामा परी मृतक ठाकुरको मोटरसाइकलमा पछाडि बसेका साथी बदिया बन्चौरी– ३ कै ६१ वर्षीय सूर्यदेव साह सामान्य घाइते भएकोमा उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । मृतक ठाकुरको शवपरीक्षणका लागि अञ्चल अस्पताल जनकपुरमा लगिएको छ भने दुर्घटनाग्रस्त ट्याक्टर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र ट्याक्टर चालक फरार रहेकोमा खोजतलास गर्ने लगायतका अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..