» » सरकारले पनि दिए मधेशी मोर्चालाई नै मान्यता, मोर्चाबाट तीन दल गायव


काठमाडौ बैशाख २६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको गठन भएको संघीय गठबन्धनलाई सरकारले वार्ताका लागि नबोलाई मधेशी मोर्चालाई बोलाएको छ ।

मधेशी मोर्चालाई छाँयामा राखेर मधेशी मोर्चाका नेताहरु संघीय गठबन्धनबाट आन्दोलन शुरु गरेको छ तर आज उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेशी मोर्चालाई वार्ताका लागि पत्र पठाएको छ । पत्रमा चार मोर्चाका चार दललाई मात्र सम्बोधन गरेको छ । जब कि त्यसमा सातवटा दल मात्र रहेको छ ।

संघीय समाजवादी फोरम नेपाल, तराई मधेश सद्भावना पार्टी, सद्भावना पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीलाई बोर्धार्थ गरि पत्र पठाएको छ तर मोर्चामा रहेका नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकलाई सम्झैको पनि छैन जब कि यसअघि सुशिल कोइराला प्रधानमन्त्री रहेको बेला मधेशवादी सबै दललाई वार्ताका लागि पत्र पठाएको थियो ।

पटक पटक मधेशी मोर्चासँग वार्ताको आधार एक पटक सविधान संशोधन भएको र सिमांकनका विवाद मिलाउन उच्च स्तरीयर राजनीतिक संयन्त्र गठन भएको अवगत पत्रमार्फत गराउँदै थप समाधानका लागि वार्तामा आउन आग्रह गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..