» » गठबन्धनको नेताहरुले भन्नुभयो, आजको यो ट्रेलर हो भोली सिहदरवारमा पुरै हेर्न पाइन्छ

काठमाडौ जेठ १ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यो कुनै जाति विशेष आन्दोलन नभएर राज्य सत्ताको विरोधमा अधिकारका लागि भएको आन्दोलनमा सबै उत्पीडित समुदायले साथ दिनुपर्ने धारणा राख्नुभयो ।

आज रत्नपार्कबाट र्याली निकाली ठमेलमा गएर भएको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष यादव राज्यमा शासकमा देखिएको शोषित मानसिकतालाई परास्त गर्न यो संघर्ष शुरु भएको, यसलाई सबै उत्पडित समुदायको संघर्ष हो भनि ठानी भोली सिहदरवार घेर्नमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सदियौंदेखि उत्पडित समुदायप्रति राज्यले जुन दमन गरेको त्यसकै विरोधमा यो जनसागर ओर्लेको हो, यो त आज टेलर मात्र देखिएको छ पुरै फिल्म भोली सिहदरवारमा हेर्न पाइने बताउनुभयो ।

मधेशी आदिवासी जनजातिले जुन प्रकारको दमन गरेको छ त्यसलाई नरोके देशमा ठूलो दुर्घटना हुने चेतावनी दिँदै उहाँले भन्नुभयो, राज्यले समयमा आदिवासी जनजाति र मधेशीको भावनालाई सम्बोधन गरोस् ।

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले सदियौदेखि उपेक्षित भएको
नेवा भूमिमा भएको र्याली ऐतिहासिक भएको बताउनु भयो । विना संघर्षले राज्यले केही दिने बाला छैन त्यसलै सबै उत्पीडित समुदायल एक धक्का लगाउनु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सदुर पश्चिमको खसागं र पूर्व सुदुरको लिम्बुवान, मध्यको नेवार र मधेशको मधेशीको यो आन्दोलनले विश्वकै ध्यानाकर्षण गरेको बताउँदै यी समुदायले आफ्नो अधिकार लिनका लागि यसरी एकजुट हुनु पहिलो घटना भएको बताउनु भयो ।
देशका सम्पूर्ण उत्पीडित समुदाय यसरी एक ठाउँमा आएका कारण राज्यको निन्द हराम भएको र त्यसलाई असफल पार्नका लागि अनेक उपायहरु सोच्न लागेको उहाँले धारणा राख्नुभयो ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले पनि राज्यले उत्पीडित समुदायको अवाज राज्यले नसुने देशले ठुलै मुल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । यो विल्कुल अधिकारको लडाई हो, सिधै राज्य विरुद्धको संघर्ष हो, यसमा सबै उत्पीडित जनसमुदायको साथ रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..