» » महन्थ ठाकुर दिल्ली जाँदै


काठमाडौ बैशाख २३ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आज दिल्ली जाँदै हुनुहन्छ । दिउँसो दुई बजे इण्डियन एयरलाइन्सबाट दिल्ली जान लागेका ठाकुरको त्यहाँ मेदान्त अस्पतालमा नियमित चेकअप गराउने बताइएको छ ।

उहाँका सहयोगी सत्येन्द्र मिश्रका अनुसार ठाकुर यअघि जनवरी महिनामा चेकअपका लागि मेदान्तमा भर्नाका भएका थिए, अस्पतालले नै तीन महिनापछि पुनः आउन भने अनुसार ठाकुर दिल्ली जान लागेका हुन् । े दिल्लीमा कुनै राजनीतिक भेटर्घाट नहुने पनि मिश्रले दावी गर्नुभएको छ ।

तर, देशको वर्तमान राजनीतिक अवस्थाको बारेमा भारतीय पक्षसँग ठाकुरको गोप्य छलफल हुने स्रोतहरुको दावी छ । हिजो काँग्रेससँग भएको छलफलमा सरकार ढाल्न आफूहरुले सहयोग गरे पनि सरकारमा सहभागि नहुने मोर्चाले जवाफ दिएपछि सोही विषयमा छलफल गर्न दिल्लीले ठाकुरलाई बोलाएको हुनुपर्छ पार्टी स्रोतको दावी छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..