» » उपेन्द्रको कार्यकर्ता भित्र्याएपछि राजेन्द्रले भेट्नु भयो महन्थलाई


काठमाडौं जेठ ८ गत । पार्टीबाट कारवाही गरिसकेका संघीय समाजवादी फोरम नेपालका केही नेतालाई पार्टीमा प्रवेश गराई सकेपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई उहाँकै पार्टी कार्यालयमा गएर भेट्नु भएको छ ।

गठबन्धनबाट असन्तुष्ट रहनु भएका यी दुई नेताको भेटले मधेशको राजनीतिकमा चर्चा पाएको छ ।
शनिवार तमलोपाको पार्टी कार्यालयमा भएको भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

स्रोतका अनुसार काठमाडौमा गठबन्धनको आन्दोलन तथा गठबन्धनको नेतृत्वको विषयमा दुई नेताबीच छलफल भएको बताईन्छ । यी दुई नेताको अनुपस्थितिमा उपेन्द्र यादव गठबन्धनको संयोजक बनेको भन्दै अध्यक्ष महतोले त्यसको बारेमा निकै चित्त दुखाएको बुझिएको छ ।

साथै दिल्लीमा रहेको बेला अध्यक्ष ठाकुरले त्यहाँका नेताहरुसँग भएको छलफल तथा प्राधनमन्त्री केपी शर्मा ओलीले महन्थ ठाकुरलाई फोन गरि भएको कुराकानीको बारेमा पनि छलफल भएको स्रोतको दावी छ । आगामी दिनमा गठबन्धनमा नै रहेर आन्दोलन गर्ने वा मोर्चाले छुट्टै आन्दोलन गर्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको थियो ।

यद्यपि, अध्यक्ष महतो भने आफू अध्यक्ष ठाकुरको स्वास्थ्यस्थिति बुझ्न मात्र पुगेको बताए । ‘दिल्लीमा उपचारपछि फर्कनु भएका ठाकुरजीसँग भेट भएको थिएन । वहाँको स्वास्थ्यबारे मात्र बुझ्न पुगेको हुँ,’ उनले भने । उनले गठबन्धनमा मिडियामा आएजस्तो कुनै असन्तुष्टि नरहेको दाबी गरे ।

महतोले यस्तो दाबी गरिरहँदा गठबन्धनभित्र कति विवाद छ भन्ने कुरा यादवका प्रेस संयोजक महेश चौरसियाले महतोलाई लक्षित गर्दै लेखेको खुल्ला पत्रले पनि धेरै कुरा स्पष्ट पार्दछ । सद्भावनाका नेताहरु उक्त पत्र उपेन्द्र यादवले नै चौरसियामार्फत लेख्न लगाएको दाबी गर्छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..