» » गाडि दुर्घटनामा सिरहाका पण्डितको मृत्यू


सुनसरी, जेठ ६ गते । सुनसरी जिल्लाको हरिपुर सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको घटनास्थलमा नै ज्यान गएको छ । उक्त घटनामा मोटरसाइकल चालक सिरहा नगरपालिका–१० बस्ने रामेश्वर पण्डितको छोरा उमेश पण्डितको मृत्यु भएको छ भने सोही स्थानका २० वर्षीय रोहित गुप्ता गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना४ख १९८० नंको ट्रकले विपरीत दिशातिर जाँदै गरेको स३प ८६३८ नंको मोटरसाइकललाई ठक्कर दिँदा उक्त घटना भएकाले ट्रक र ट्रक चालकलाई तत्कालै पक्राउ गरिएको प्रहरीले बताएको छ । चालकलाई भन्टाबारी प्रहरीको हिरासतमा राखिएको छ ।

यसैगरी सुनसरी जिल्लाको दक्षिणी क्षेत्रका मध्यहर्साही गाविस–२ स्थित पगिर मियाको गाईगोठ र घरमा गएराति १ बजेतिर अचानक परेको चट्याङले आगलागी हुँदा एउटा गाई र बाछाको मृत्यु भएको छ । आगलागीबाट ९० हजारभन्दा बढीको नोक्सानी भएको पनि प्रहरीले जानकारी दिँदै आगोलाई प्रहरी र स्थानीवासीको सक्रियतामा नियन्त्रण गरेको बताइएको छ ।

यसैगरी गएराति नै १ः३० बजेको समयमा जिल्ला सदरमुकाम इनरुवा–५ बस्ने प्रहरी हवल्दार गोपाल बाँस्तोलाको घरमा पनि चट्याङ पर्दा करिब रु एक लाख बढीको नोक्सानी भएको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..