» » उपेन्द्र यादवले भन्नुभयो, ‘सविधान संशोधन नगरे, त्यसलाई बर्खास्ता गर्छौ’

काठमाडौं, बैशाख २५ गते । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जारी आन्दोलन भारतको इशारामा चलेको भनी आरोप लगाउनु ‘बिल्ला’ भिराउने कामबाहेक केही नभएको बताउनु भएको छ ।

आज संघीय गठबन्धनको काठमाडौं केन्द्रीत आन्दोलनबारे जिज्ञासा लिन पुगेका पार्टीका प्रचारप्रचार उपसमितिका टोलीसमक्ष अध्यक्ष यादवले पञ्चायतविरुद्ध लड्दा पनि यस खाले बिल्ला भिराउने काम भएको बताउनुभयो । ‘पञ्चायतविरुद्ध लड्दा अराष्ट्रिय तत्व र विदेशीका दलाल भन्थे,’ उहाँले भन्नुभयो, ‘यसखाले बिल्ला भिर्नेहरु धेरै अहिले सरकारमा छन् ।’

साथै, अध्यक्ष यादवले संघीय गठबन्धनद्वारा घोषित आन्दोलन उत्पीडित, दमित र गरीब समुदायको साझा संघर्ष भएको जिकिर गर्नुभयो । उहाँले जबसम्म मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिलाको समस्या समाधान हुँदैन, तबसम्म संघर्ष जारी रहने बताउनुभयो ।

संघीय गठबन्धनका संयोजकसमेत रहेका अध्यक्ष यादवले आन्दोलनमाथि बल प्रयोग गरे मूर्खता हुने र उल्टै सत्तासिनलाई बढारिदिने चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘दमनको नीति लिए मूर्खता हुनेछ र शासकको पतन निश्चित छ ।’

प्रचारप्रसार उपसमितिका संयोजक ध्यानबहादुर राईको नेतृत्वमा पुगेको टोलीसामु अध्यक्ष यादवले कालोबजारी, बेरोजगारी, तस्करतन्त्र, लोडसेडिङ, भूकम्प पीडितको समस्या चाँडो हल गराउन दबाब दिन पनि आन्दोलन अघि बढ्ने बताउनुभयो । ‘हामीले सम्पूर्ण राष्ट्रिय समस्याको समाधान चाहेका छौं,’ उहाँले थप्नुभयो, ‘राष्ट्रिय समस्याहरु समाधान नभइन्जेल संघर्ष जारी रहन्छ ।’

अध्यक्ष यादवले वर्तमान संविधान काम नलाग्ने भएकाले संशोधनका निम्ति संघर्ष गर्नुपरेको धारणा दोहो¥याए । ‘तत्कालीन राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक तथा संवैधानिक संवाद समितिका सभापतिले संविधान त्रुटीपूर्ण रहेको स्वीकारेका छन्,’ उहाँले भन्नुभयो, ‘यसले पनि वर्तमान संविधान संशोधन अपरिहार्य रहेको देखाइसकेको छ ।’

साथै, संविधान संशोधन नगरी कार्यान्वयनमा लान खोजे आफूहरु चुप लागेर नबस्ने जनाए । ‘हामीले संविधान जलाएकामात्रै हौं,’ उहाँले भन्नुभयो, ‘संशोधन नगरी बढे बर्खास्त गर्नेछौं ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..