» » जितेन्द्र सोनलले भन्नुभयो, सरकारको पत्र कर्मकाण्डी नहोस्

काठमाडौ बैशाख २७ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले वार्ताका लागि सरकारले पठाएका पत्र सकारात्मक रहेको बताउनु भएको छ ।

आज विहान सहारा टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, सरकारले वार्ताका लागि आह्वान गर्नु सकारात्मक कुरा हो तर त्यसपछि सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्ने कुरा हो ।’ राष्ट्रिय, अन्तराष्ट्रिय रुपमालाई देखाउन, आन्दोलनलाई कमजोर बनाउनका लागि मात्र पत्र पठाएको भने त्यो स्वीकार्य छैन भन्नुहुँदै उहाँले आफूहरुले प्रस्तुत गरेको ११ बुँदे माग तथा मधेश आन्दोलनको एजेण्डामा सरकारले छलफल गर्न तयार भयो भने मात्र पत्रको औचित्य पुष्टि हुने बताउनुभयो ।

सरकार यो पत्रप्रति गम्भीर छ भने त्यो महत्वपूर्ण कुरा हो, तर सरकारले पत्र पठाएकार कर्मकाण्डीको रुपमा मात्र वार्ता गर्न चाहन्छ भने पत्रको कुनै औचित्य छैन, महासचिव सोनलले भन्नुभयो, हामीले पठाएको ११ बुँदे माग तथा हामीले प्रस्तुत गरेको सिमांकनको बटमलाइनमा कुरा गर्न चाहन्छन् भने मात्र वार्ता परिणाम मुखी हुन्छ । त्यो कुरा सरकारमा भर पर्छ ।’

सरकारले पठाएको पत्रको बारेमा मधेशी मोर्चाले बैठक बसेर आधिकारीक धारणा ल्याउने बताउँदै उहाँले चिठीको बारेमा पार्टीमा पनि छलफल हुने उहाँले बताउनुभयो ।
मोर्चाको बैठक

जेठ दुई गते हुने सिहदरवार घेराउ कार्यक्रमपछि मोर्चाको बैठक बस्ने उहाँले बताउनु भयो । सो बैठकपछि मात्र सरकारले पठाएको पत्र तथा अन्य आन्दोलनका कार्यक्रमबारे छलफल हुने जानकारी गराउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..