» » कोकिनसहित चिनियाँ नागरिक

काठमाडौ जेठ १६ गते । तीन किलो कोकिन सहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण व्युरोले ठमेलबाट आइतबार बिहान पक्राउ गरेको हो । बोलेभियन नागरिकले ल्याएर छाडेको कोकिन लिन जाँदा विशेष सुराकीको आधारमा व्यूरोले उक्त चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

दुईदिनअघि मात्रै ठमेलबाटै कोकिन लिँदै गर्दा चिनियाँ महिला दोङदोङ पक्राउ परेकी थिइन् ।

यो साता प्रहरीले २ किलो ६ ग्राम कोकिन सहित भारतीय तोहिद खान, नाइजेरियाली महोम्मद डोबा, भेनेजुयाली एम्रिस कार्मिन र नेपाली दिलबहादुर गुरुङ समातेको थियो ।

कोकिन तस्कर समूहले ब्राजिल र पेरु कोकिन दुबई हुँदै काठमाडौं भित्र्याउने गरेका छन् । काठमाडौं भित्र्याएको कोकिन चिनियाँ नागरिकले लिने र स्थल मार्ग हुँदै केरुङ नाकाबाट चीनको ल्हासा पुर्‍याउने गरेको केही समयअघि व्युरोले अनुसन्धानमा खुलाएको कान्तिपुरमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..