काठमाडौ जेठ ७ गेत । मधेशी ट्रेड यूनियन महासंघ नेपालका अध्यक्ष पल्टन ठाकुर र उपाध्यक्ष सीताशरण ठाकुरलाई साधारण सदस्य नरहने गरि बर्खास्त गरेको छ ।
महासंघको विधान २०६८ को धारा १२ मा व्यवस्था भएको अनुशासन सम्बन्धी व्यवस्थाको पटक–पटक उल्लंघन गरी महासंघको हित विपरीत काम गरी सर्वसाधारणमा भ्रम फैलाउने कार्य गरेको हुँदा मधेशी टे«ड यूनियन महासंघको जेठ ६ गतेको बैठकले पल्टन ठाकुर र सीता शरण ठाकुरलाई महासंघको धारा ११ (३) बमोजिम महासंघको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष उषा तमागंले जानकारी गराउनु भएको छ ।
No comments: