» » ढल्केबरको बजार संकटमा


धनुषा, जेठ ६ गते । मिथिला नगरपालिकाअन्तर्गतको ढल्केबर बजारको अस्तित्व सङ्कटमा परेको छ ।

व्यवस्थापन पक्ष र स्थानीय महेन्द्र उच्च माविले बजार आफ्नो अधिनमा रहेको दाबी गर्दै आएका कारण ढल्केबर बजारको अस्तित्व सङ्कटमा परेको हो । धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका किसानले तरकारी उत्पादन गरी बेच्ने प्रमुख केन्द्रको रुपमा ढल्केबर बजार रहेको थियो । बजारको विवादबाट किसानलाई समेत चिन्तित बनाएको छ ।

ढल्केबर कृषि हाटबजारको कुल आम्दानीको ६० प्रतिशत स्थानीय महेन्द्र उच्च माविलाई र ४० प्रतिशत ढल्केबर गाविसमा जम्मा गर्ने निर्णय समझौता भएको थियो । गाविसमा जम्मा भएको बजारको ४० प्रतिशत आम्दानीबाट २० प्रतिशत रकम पुनः बजार सञ्चालनका लागि दिने निर्णय भएको थियो । पाँच वर्षको म्याद समाप्त भएपछि विद्यालयले पुनःनिर्णय गराउनुपर्ने निर्णय भएपनि हालसम्म पनि नवीकरण गरिएको छैन ।

बर्सेनि वैशाखमा बजार, विद्यालय र नगरपालिकाले एक वर्षका लागि ठेक्का लगाउने गरेपनि यस वर्ष विद्यालय र बजार समितिको विवादले ठेक्का लाग्न सकेको छैन । तर विद्यालयले आफूहरुलाई नसोधी मनपरी ढङ्गले ठेक्का लगाउनुका साथै शिक्षक आफैले जबर्जस्ती रकम अशुल्ने गरेका बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव ठाकुरले आरोप लगाउनुभयो ।

मनपरी ढङ्गले रकम असुली गरेको भन्दै किसान र व्यापारीले विरोध गर्दैआएका छन् । विद्यालयका कारण बजार सङ्कटमा परेको बजार व्यवस्थापन समितिले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..