» » आगलागीले गाईगोठ नष्ट


मोरङ, वैशाख २६ गते । विराटनगर–५ स्थित निर्मल कार्कीको गाईगोठमा आज बिहान आगलागी भएको छ ।

बिहान करिब ३ बजेतिर कार्कीको गोठमा अचानक आगलागी भएको हो । आगलागीबाट कार्कीको गोठमा रहेका चारवटा गाई, तीनवटा बाच्छी, एउटा बाच्छो जलेर मरेका छन् । आगलागीबाट कार्कीको टिनले बनेको गोठ तथा चौपाया जल्दा अन्दाजी रु छ लाख बराबरको क्षति भएको पीडितले बताएका छन् ।

आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..