» » सतासी हजार किलो मासुजन्य फोहोर उपत्यकामा

काठमाडौँ, वैशाख ३० गते । काठमाडौँ उपत्यकामा दैनिक सतासी हजार पाँच सय किलो मासुजन्य फोहोर भित्रने गरेको छ ।



काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार ३०० किलोको राँगा वा भैँसी काठमाडौँमा आयात गर्दा औसतमा १०० देखि ११५ किलोसम्म मासु उत्पादन हुन्छ, अन्य सबै फोहोर हो । काठमाडौँमा दैनिक औसत ७०० राँगाभैँसीको मासु खपत हुन्छ । ती बाहेक एक हजार ५०० खसीबोका, ७० टन कुखुरा, १५० बङ्गुर र सात टन माछा खपत हुने गरेको प्रमुख श्रेष्ठको भनाइ छ ।



मासुका ती स्रोतमध्ये राँगाभैँसीबाट मासु उत्पादन गर्दा दैनिक खपत हुने ७०० वटामध्ये प्रत्येकबाट औसतमा सबैभन्दा बढी १२५ किलोग्राम फोहोर उत्पादन हुने गरेको छ । यसको व्यवस्थापनका लागि काठमाडौँ उपत्यका बाहिरका केही जिल्लामा बधशालाको निर्माणस्थल पहिचान भइसकेको कापपाको भनाइ छ । मासुजन्य वस्तुबाट आउने फोहर व्यवस्थापनकै लागि कामपाले उपत्यका बाहिरकै जिल्लामा बधशालाको निर्माण गरी मासु पोका पारी ल्याउने तयारी गरेको छ ।



यसरी बाहिर तयार गरेका मासु ढुवानीका लागि कम्तीमा सुविधासम्पन्न १९ सवारी साधन आवश्यक पर्ने र ल्याइएको मासु राख्नका लागि कम्तीमा १२ वटा शीतघरको आवश्यकता पर्ने बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..