» » बन्दना झाले अझै बुझाउनु भएन स्पष्टिकरण


राकेश यादव
रौतहट बैशाख २६ गते । अवैध ढंगबाट नियुक्ति गरेको भन्दै जिल्ला विकास समिती कार्यालय रौतहटका स्थानिय विकास अधिकारी बन्दना झालाई प्रमुख जिल्ला अधिकारीले स्पष्टिकरण सोधेको एक हप्ता वित्दा पनि झाले स्पष्टिकरण दिनु भएको छैन ।

कसैलाई जानकारी नदि आफ्नै भाइ समेत गरि चारजानालाई गोप्य रुपमा नियुक्ति दिएकी झासँग प्रजिअले स्पष्टिकरण सोध्नु भएको हो । प्रमूख जिल्ला अधिकारी नरहरी बरालका अनुसार स्थानिय विकास अधीकारी बन्दना झाले कनै जवाफ पठाएको भएको छैन ।

स्थानिय विकास अधिकारी झाले यही बैशाख ९ गते गोप्य रुपमा कानुन विपरीत विना सूचना, विज्ञापन, खूल्ला प्रतिस्पर्धा करार सेवामा र्कमचारीहरु नियुक्ति गरेपछि त्यसलाई रद्द गरी कानूनी कारवाहीको माग गर्दैैै गत २० गतेका दिन विभिन्न विद्यार्थी संगठनहरुले सामूहिक रुपमा ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्दै प्रमूख जिल्ला अधीकारी बरालले के कसरी कुन प्रकृया अपनाइ कर्मचारी नियुक्त गरिएको हो स्पष्ट रुपमा उल्लेख गरी स्पष्टिकरण पेस गर्न निर्देशन दिनुभएको छ । जवाफ नआएपछि विद्याथी संगठनहरुले पुन प्रजिअलाई स्मरण पत्र बुझाई, दुई दिनभित्र कार्यवाही प्रक्रिया अगाडी नबढे, जिविसमा अनिश्चित कालीन तलाबन्दी तथा बन्द हडताल गर्ने चेतावनी दिएका छन । त्यस्तै केही राजनितिक दलका नेता तथा स्थानीय वासीहरुले जिविसको विरोधमा आन्दोलन गर्ने तयारीमा रहेका छन् ।

 एलडिओ झाले बैशाख ९ गतेका दिन पदपूर्ति समितिलाई वाई पास गरी एकल निर्णयबाट आप्mनै भाइ र विशेष झालाइ इन्जिनियर पदमा र प्रमिला मिश्रालाई आइटी अधिकृीत पद लगाएत तीन जानाको करार सेवामा नियुक्त गरेका थिए । देशमा सामानूपातीक समावेशीको साथै पारदर्शिताको अवाज उठिरहेको वेला झाले स्थानीय स्वायत साशन ऐनको खूलेयाम धजिया उडाउदै आफनै नाता गोताको व्यक्ति लाइ नियूक्ति गरेकोले तिव्र रुपमा चारै तर्फ चको बिरोध भइरहेको छ ।

फोरम नेपालका भातृ संगठन संघिय समाजवादी विधार्र्थी फोरमका जिल्ला अध्यक्ष प्रकाश भाई अबैध नियूतिलाइ खारीज गरी दोषी अधिकारी झालाइ छिटै कार्यवाही नगरे कडा आन्दोलन गने चेतावनी दिएका छन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..