» » सन्दर्भ : मधेशी ट्रेड युनियन महासंघ ....


-महेश चौरसिया
मधेशी ट्रेड युनियन महासंघका पूर्व अध्यक्षसहित दुई जनाले सद्भावना पार्टीमा प्रवेश गरेको बिषयलाई अहिले सामाजिक संजालदेखि केही मिडियाहरुमा प्रायोजित रुपमा अतिरञ्जित, भ्रामक र तथ्यहीन ढंगले प्रस्तुत गरिँदैछ । तर, वास्तविकता भने अर्कै छ । खासमा ट्रेड युनियन महासंघका दुई जना व्यक्ति मात्रै सद्भावना पार्टीमा प्रवेश गरेका हुन्, सिङ्गो महासंघ होइन । तर, यहाँ सिङ्गो महासंघ नै पार्टी प्रवेश गर्यो भनेर भ्रामक प्रचार गरिँदैछ । 

महासंघको २१ सदस्यीय केन्द्रीय कार्यसमिति छ, जसमध्ये १९ जनाको बहुमत अध्यक्षहरु महासंघका वरिष्ठ उपाध्यक्ष उषा तामाङसँग छ । २१ वटा संघमध्ये नाई र सिलाई संघ मात्रै सद्भावनामा गएका हुन् । नाई संघमा देशभरी बढीमा ५०० सदस्य संख्या छन्, अनि सिलाई संघमा करिब ६० जना सदस्य छन् । 

२१ मध्ये १९ वटा संघका अध्यक्ष अहिले पनि साबिक महासंघ मैं छन् । त्यसैले आत्मरतिका लागि भ्रम सिर्जना हुने गरी तथ्यहीन अफवाह कसैले फैलाउन जरुरी छैन । महासंघबाट दुई वटा संघका अध्यक्षहरुले कुनै पार्टी प्रवेश गरे भन्दैमा सिङ्गो महासंघ नै गयो भन्नुको कुनै तुक छैन । जबकि, नाई र सिलाई गरी दुवै संघका अध्यक्षलाई संगठनको साधारण सदस्य समेत नरहने गरी महासंघले यसअघिनै बर्खास्त गरिसकेको छ । महासंघले बर्खास्त गरिसकेको व्यक्ति कुन पार्टी वा संगठनमा आबद्ध हुन्छन्, त्यो सरोकारको बिषय रहेन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..