» » दशौँ शैक्षिक परामश मेला हुँदै


काठमाडौँ, जेठ १७ गते । नेपाल शैक्षिक परामर्श सङ्घले यही जेठ अन्तिम हप्ता दशौँ शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

भृकुटीमण्डपमा हुने मेलामा नेपाली विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय विश्वविद्यालय, शैक्षिक सङ्घ संस्थाका बारेमा जानकारी गराइने छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रकाश पाण्डेले उक्त मेलामा देश तथा विदेशका गरी करिब २०० परामर्श कक्षको व्यवस्था गरिने र विभिन्न कक्षमा फरक फरक सूचना प्रवाह गरिने बताउनुभयो ।

मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ । शिक्षा मन्त्रालयबाट जारी ‘शैक्षिक परामर्श सेवा तथा शिक्षणसम्बन्धी निर्दे्शिका, २०६८’ ले निर्दिष्ट गरेको मापदण्डमा रहेर आफूहरुले काम गर्ने पाण्डेले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..