» » गठबन्धनले बल्ल स्पष्ट गरे मोर्चासँगको सम्बन्ध

काठमाडौ जेठ १४ गते । आज बसेको सघीय गठबन्धनको बैठकले गठबन्धनको नाममा पत्र नआएसम्म सरकारसँग वार्ता नगर्ने निर्णय गरेको छ ।

आन्दोलन गठबन्धनले गरिरहेका छन्, वार्ताका लागि गठबन्धनको नाममा पत्र आउनुपर्छ भनि कुरा भएको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताउनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पनि आफ्नै अस्तित्व छ, ६ महिनासम्म आन्दोलन गरेको छ, त्यसैको आधारमा आज काठमाडौ केन्द्रीत आन्दोलन भइरहेको छ यद्यपी अहिलेको आन्दोलन गठबन्धनले गरिरहेका छन् भने गठबन्धनसँग मात्र वार्ता हुने छलफलको क्रममा कुरा उठेको झाले बताउनुभयो ।

विगतमा मधेशी मोर्चाले आन्दोलन गर्दा मधेशी मोर्चासँग पटक पटक वार्ता भएको छ, त्यो बेला पनि विभिन्न मोर्चा र गठबन्धनहरु आन्दोलन थिए अरुसँग वार्ता भएन मोर्चासँग मात्रै भएको छ अहिले गठबन्धनले गरेको कारण गठबन्धनसँग मात्र वार्ता हुन्छ र सरकारले पनि गठबन्धनको नाममा पत्र पठाउनुपर्ने बैठकले ठहर गरेको उहाँले बताउनुभयो ।

गठबन्धनको अर्को चरणको कार्यक्रम पोखरामा हुने आमासभाबाट हुने पनि उहाँले जानकारी गराउनुभयो ।
संघीय गठबन्धनको बैठकमा सविधान संशोधन कि पुनर्लेखन बारेमा पनि व्यापक छलफल भयो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सविधान पुनर्लेखन हुनुपर्छ भन्ने गर्नुभएको छ भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सविधान संशोधनमा जोड दिनुभएको छ । यसले गर्दा जनतामा भ्रम सृजना भएकाले सविधान पुनर्लेखन कि संशोधन भनि स्पष्ट हुनुपर्ने कुरा बैठकमा सहभागि नेताहरुले उठाएका थिए ।

तीन कुनेस्थित फोरम नेपालको कार्यालयमा आज विहान बसेको गठबन्धनको बैठकमा यसको जवाफ दिँदै अध्यक्ष यादवले सविधान पुनर्लेखन र संशोधन एउटै कुरा हो, यसमा बुझाईको फरक रहेको धारणा राखेको बेठकमा सहभागि एक नेताले बताउनुभयो ।

संशोधनकै माध्यमबाट सविधान पुनर्लेखन गर्न सकिने भएकाले सविधान संशोधन भन्नु र पुनर्लेखन भन्नु एउटै कुरा भएकाले यसका विवाद नगर्न उहाँले आग्रह पनि गरेको बताइन्त ।

मधेशी मोर्चाले पनि प्रादेशिक मोर्चाकै जस्तै काम गर्ने धारणा राख्दै उपेन्द्र यादवले लिम्बुवान प्रदेशमा लिम्बुवान मोर्चाले, खसान प्रदेशमा खसानले, नेवा प्रदेशमा नेवारले काम गरे जस्तै मधेशमा हुने कार्यक्रमहरु मधेशी मोर्चाले नै गर्ने स्पष्ट पारेका थिए ।

विगतमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि विभिन्न कुराहरु उठाएका थिए त्यस कुराहरुमा पनि नियन्त्रण हुनुपर्ने कुरा बैठकमा उठेको स्रोतले जनाएको छ ।

सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवका अनुसार गठबन्धनलाई अझै सशक्त बनाउने कुरामा सबै घटक दलको सहमति रहेको बताए । १७ गते गठबन्धनको कार्यक्रम सकेपछि १८ गते सचिवालयको बैठक बसि पुनः अर्को चरणको कार्यक्रम घोषणा गर्ने पनि कुराकानी भएको बताए । केन्द्रदेखि रिले अनसन तथा विभिन्न कोणसभाहरु गर्ने कुराकानी भएको उहाँले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..