» » लागु औषधसहित पक्राउ


नवलपरासी, जेठ १७ गते । नवलपरासीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ जिल्लाको सोमनी–६ जिलेबीयामोडबाट लागुऔषधसँग सम्बन्धित विभिन्न औषधिसहित नवलपरासी गैँडाकोट– १ बस्ने २२ वर्षीय किशोर पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

पौडेलको साथबाट लागुऔषध नाइट्रोभेट १५० क्यापसुल, निट्रोसन १८० क्यापसुल फेनारगन ९१ पत्ता ९पिस० र लुपिजेसीज २२२ पत्ता ९पिस० बरामद भएको प्रहरी सहायक निरीक्षक विनोद राउतले बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका पौडेल र बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको पाचपेडा प्रहरी चौकीले जनाएको छ ।

स्थानीयवासीले ठूलो परिमाणमा लागुऔषधसहित अन्य केही व्यक्ति समेतलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि प्रहरीले सूचना गोप्य राखेर थौरे परिमाण देखाएर एक जनालाई मात्र पक्राउ गरेको जानकारी सार्वजनिक गरेपछि प्रहरीमाथि नै घटना लुकाउन खोजिएको अनुमान गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..