» » पूर्वराष्ट्रपतिले भन्नुभयो, मधेशीको असन्तुष्टि सम्बोधन गर


जनकपुरधाम, जेठ १४ गते । पूर्व राष्ट्रपति डा रामवरण यादवले राजनीतिक जटिलताको अन्त्यका लागि स्थिर संविधानको खाँचो आँैंल्याउनुभएको छ ।

धनुषा जिल्लाको बघचौरा उच्च माध्यमिक विद्यालयमा आज आयोजित छात्रछात्रासँग संवाद कार्यक्रममा उहाँले मधेसीको असन्तुष्टिको सम्बोधन गरी संविधानलाई स्थिरता दिनुपर्नेमा जोड़ दिनुभयो ।

उहाँले वार्ता, संवाद र लोकतान्त्रिक प्रक्रियाद्वारा मधेसको समस्या समाधान गर्न सबै दलको भूमिका अपरिहार्य छ भन्दै संविधान संशोधनले समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा पूर्व राष्ट्रपति डा यादवले सङ्घीय संरचना अनुरूप कार्यदिशा तय भएमा केन्द्रको राजस्व केन्द्रमा र राज्यको राजस्व राज्यमा वितरण भई असमानता एवम् विभेद्को अन्त्य हुने धारणा राख्नुभयो ।

छोराछोरीमा विभेद, बालविवाह, दाइजो र बेरोजगारीको मुख्य जरो समाज, परम्परा, शिक्षा, राजनीति र संस्कृति भएको चर्चा गर्दै उहाँले समाजमा चेतनाको विकास र अग्रसरताको जरूरी छ भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामभरोस कापडीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रा कृष्ण खनाल, पत्रकार राजेन्द्र दाहाल, प्रा विनय कृसियैत र शिक्षाविद् पुरञ्जन आचार्यले विद्यमान समस्याको समाधानमा सबै पक्षको पहलमा जोड दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..