» » फ्रन्टको महाधिवेशनः मण्डलले विद्यार्थी राजनीतिक छाड्ने


कलैया बैशाख ३० गते । तराई मधेश लोकतान्त्तिक पार्टीका भातृ संगठन तराई मधेश विद्यार्थी फ्रन्टको पहिलो महाधिवेशनको उद्घाटन आज बाराको कलैयामा हुँदैछ ।

नगरपरिक्रमापछि दिउँसो २ बजे पार्टीका महासचिव गोविन्द चौधरीले उद्घाटन गर्नु हुनेछ । उद्घाटनसत्रपछि आजै बन्द सत्र हुने फ्रन्टका अध्यक्ष सुरेशकुमार मण्डलले जानकारी गराउनु भयो ।

फ्रन्टको अध्यक्षमा तीनजना उम्मेदवार देखिएको छ । मनिष मिश्र, शम्भु झा निर्दोशी, रोशन चौधरी, अमलोक सिह र अजय झा आआफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

मण्डलले विद्यार्थी राजनीतिक छाड्ने 

फ्रन्टका अध्यक्ष सुरेशकुमार मण्डलले महाधिवेशनपछि विद्यार्थीको राजनीतिकबाट सन्याश लिनु हुनेछ । फ्रन्टको नयाँ कार्यसमिति तयार गरिसकेपछि उहाँले फ्रन्टबाट विदा लिएर मूल पार्टीमा सक्रिय राजनीतिक गर्नुहुनेछ ।

२०६५ सालदेखि लगातार फ्रन्टको अध्यक्ष भएर काम गर्नुभएका मण्डलको राजनीतिक विद्यार्थी राजनीतिकबाट नै शुरु भएको हो । उहाँ अनेरा स्ववियुबाट राजनीतिक शुरु गर्नुभएको थियो । फोरम नेपाल हुँदै तमोलापामा २०६५ सालदेखि विद्यार्थी राजनीतिकमा सक्रिय थिए । पछि उहाँ पार्टीको केन्द्रीय सदस्य हुँदै सिरहा क्षेत्र नं. ६ बाट सविधानसभा दोस्रोमा चुनाव पनि लड्नु भएको थियो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..