» » संघीय गठबन्धनप्रति राजेन्द्र महतोको असन्तुष्टि


काठमाडौ जेठ ७ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आजको नागरिक दैनिकसँगको अन्तरवार्तामा उपेन्द्र यादवलाई संघीय गठबन्धनको संयोजक तोकिएपछि तपाईँ र महन्थजीलाई चित्त नबुझेको कुरा आयो, किन नबुझाएको ? जिज्ञासा राख्दा उहाँले सहमतिका आधारमा काम हुनुपर्छ र होस् भन्नुहुँदै त्यस्तो महत्वपूर्ण गम्भीर सवालमा निर्णय लिनुपर्दा अध्यक्षहरूको उपस्थिति हुनुपर्छ भन्ने सवाल उठेको जवाफ दिनुभएको छ ।

यो आन्दोलन कसैलाई नेता बनाउनका लागि नगरिएको बताउँदै उहाँले जसरी संविधान गणितका आधारमा बनाइयो संयोजक तोक्ने निर्णय पनि त्यही गणितका आकारमा भएको गुनासो गर्नुभएको छ ।

तपाईँहरूको उपस्थिति नरहेको बेला किन उहाँले हतारहतार आफैँ संयोजक तोक्ने काम गर्नुभयो त भनिे जिज्ञासामा उहाँले हामी के जानौं भनि छोटो प्रतिकृया दिनुभएको छ ।


बैठकमा जाने कि नजाने जिज्ञासामा उहाँले ठाकुरजी दिल्लीबाट भर्खरै फर्के र आफूहरु त्यस विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रतिकृया दिनुभयो ।

मोर्चाले गरेको आन्दोलनलाई गठबन्धनमा लगेर अलपत्र पार्ने काम गरेको गुनासो आफूहरु कहाँ आइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, मधेसी आदिवासी र जनजातिको अधिकार प्राप्त गर्नका लागि आन्दोलन हो कि राष्ट्रिय नेता बन्न र आफनो संगठन बिस्तार गर्नका लागि आन्दोलनको सहारा लिएको हो कि भन्ने कुरा पनि व्यापक आएका छन् । मलाई के भन्नु छ भने हामी अधिकार प्राप्तिका लागि मधेसबाट यहाँ आएका हौं। कसैलाई नेता बनाउन र संगठन विस्तार गर्नका लागि भर्यागङ बनिदिन होइन।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..