» » ढल्दै ढल्दा बाँचेको मन्त्रीपरिषद्को बैठकले के के गर्यो निर्णय ?


काठमाडौँ, वैशाख २३ गते । मन्त्रिपरिषद्को आजको बैठकले सरकारबाट व्यवस्थापिकामा राष्ट्रपति मार्फत प्रस्तुत गरिने आव २०७३÷०७४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम यही वैशाख २६ गते अपराह्न ४ बजे व्यवस्थापिका–संसद्मा पेस गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणका निम्ति सार्वजनिक खरिद प्रक्रियासम्बन्धी ऐनको पहिलो संशोधन मस्यौदा पारित गरेको छ ।
निजगढ विमानस्थल आफ्नै स्रोत र लगानीमा

मन्त्रिपरिषद् बैठकले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका निम्ति जग्गा अधिग्रहण गर्ने र आफ्नै स्रोत र लगानीमा निर्माण गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । बैठकले राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० बनाउने निर्णय गरेको मन्त्री पाण्डेयले बताउनुभयो । त्यस्तै न्यूनतम पारिश्रमिकका रुपमा राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारीको रु १४ हजार ४००, सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको रु १४ हजार १०० र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको रु १२ हजार ५०० निर्धारण गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..