» » भारततर्फ लग्दै गरेको गोरु नियन्त्रणमा


महोत्तरी, जेठ १ गते । महोत्तरी प्रहरीले गएराति सदरमुकाम जलेश्वरबाट भारततर्फ निकासी गर्न लागिएको ११ वटा गोरु नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएराति ११ बजेतिर खटिगएको सुरक्षा गस्ती टोलीले जलेश्वर नगरपालिका–१७ स्थित सुगा भवानीपट्टीबाट ११ वटा गोरु नियन्त्रण गरेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

तस्करको एक समूहले वनको बाटो हुँदै नेपालबाट भारततर्फ तस्कारी गर्न लागिएको सो सङ्ख्याको गोरु प्रहरीले गस्तीका क्रममा नियन्त्रण गर्न सफल भएको थियो । यता तस्कर प्रहरी आएको देखेर भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

नियन्त्रण गरिएको ११ वटा गोरु जिल्ला प्रहरी कार्यालय महोत्तरीले आवश्यक कारबाहीका लागि आज बिहान जिल्ला भन्सार कार्यालयमा बुझाउने तयारी गरिरहेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

खुला सीमानाका कारण महोत्तरीबाट दैनिकरुपमा भारततिर गाईगोरु तस्करी हुने गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..