» » काठमाडौ सकाएर वीरगञ्जमा जनसभा


काठमाडौ जेठ १६ गते । राजधानीका विभिन्न १० ठाउँमा कार्यक्रम सकाएर संघीय गठबन्धनले आज वीरगञ्जमा विरोधसभा गर्दैछन् । काठमाडौ केन्द्रीत आन्दोलनको नेतृत्व संघीय गठबन्धनले गरेका थिए भने वीरगञ्जको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गर्दैछन् । सविधान पुनःलेखनको माग गर्दै गठबन्धन जेठ दुई गतेदेखि दुई दिन सिहदरवार, एक दिन बालुवाटार र ११ दिन काठमाडौका विभिन्न जनसभाहरु गरेका छन् ।

यस अवधिमा सरकारले बैशाख २६ गते र जेठ १० गते गरी वार्ताका लागि दुई पटक पत्र पनि पठाएको छ तर यथास्थितिमा वार्तामा नस्ने भन्दै बैशाख ३१ गते मधेशी मार्चोले त्यसको जवाफ पनि पठाई सकेको छ ।
विरगन्जमा आयोजना हुने जनसभामा मधेशी मोर्चा तथा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुने जनाइएको छ र त्यस्तै भोली पोखरामा कार्यक्रम गर्नेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..