» » प्रचण्ड भए यू टर्न


काठमाडौं, वैशाख २३ गते । एकीकृत नेकपा (माओवादी) ले तत्कालै केपी शर्मा ओलीको विकल्प नखोज्ने भएको छ । हिजो साँझ बालुवाटारमा बसेको सत्ताधारी दलको बैठकले नीति तथा कार्यक्रम र बजेट ल्याउन्जेलसम्म सरकार परिवर्तन नगर्ने र बजेट ल्याइसकेपछि प्रचण्डकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीले प्रचण्डलाई गर्नुभएको थियो ।
सो प्रस्तावमा एमाआवादी अध्यक्ष प्रचण्ड लचिलो देखिएको स्रोतहरुको दावी छ । यो वर्तमान सरकारलाई नै नीति तथा कार्यक्रम र बजेट ल्याउन दिने त्यसपछि मात्र सरकार परिवर्तन गर्ने मनस्थितिमा एमाओवादी पुगेको स्रोतको दावी छ ।

नेपाली राजनीतिको पछिल्लो घटनाक्रम एकाएक परिवर्तन हुने संकेत देखिएको हो । आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्दै हिजोमात्र सबै दलसँग सहयोगको अपिल गरेको एकीकृत माओवादीले एकाएक आज भने पुनः ओली नेतृत्वको सरकारलाई नै सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गर्न दिने सहमति भएको समाचार स्रोतले जनाएको छ ।

आज बिहान एमाले र एकीकृत माओवादीका शीर्षतहका नेताबीच भएको छलफलमा यस्तो सहमति भएको बताइएको छ । दुई दलबीच तत्कालै सरकार परिवर्तन नगर्ने सहमति बनेको स्रोतले दावी गरेको छ । आफूलाई सहमतीय प्रधानमन्त्रीका रूपमा अघि सारेका एकीकृत माओवादी अध्यक्ष प्रचण्ड अचानक पछि हट्नुमा कुन चामत्कारिक शक्तिको खेल भएको पार्टीभित्रै चर्चा शुरु भएको छ ।
उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले एकीकृत माओवादीले उठाएका सबै माग पूरा गर्न तयार रहेको भनेपछि राजनीतिक वृत्तमा एकाएक अर्को परिस्थिति अघि आएको हो । जेठ १५ सम्म वर्तमान सरकार टिक्न दिएमा प्रचण्ड नेतृत्वको सरकार गठन गर्न एमालेले सहयोग गर्ने सहमतिसमेत भएको स्रोतको दावी छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..