» » बालुवाटारमा कहाँ कहाँ छन् निषेधित क्षेत्र ?

काठमाडौ जेठ ४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले आन्दोलनलाई बालुवाटारतिर सारेपछि सरकारले त्यहाँ निषेधित क्षेत्र बढाएको छ ।

आइतावरदेखि शुरु भएको सिहदरवार घेराउ कार्यक्रमपछि सोमवार र मंगलवार पनि सिहदरवार घेराउ गर्ने कार्यक्रम तय गरेको थियो तर सोमवारको बैठकले एकाएक बालुवाटार घेर्ने घोषणा गरेपछि सरकारले हतार हतारमा त्यहाँ निषेधित क्षेत्र घोषणा गरेको छ ।

हिजो जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको सरकारी निवास वरपरको निषेधित क्षेत्र बढाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीका अनुसार मंगलबारबाट प्रधानमन्त्री निवासदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फको पवित्रा वर्कसपसम्मको क्षेत्रमा धर्ना, जुलुश र प्रर्दशन गर्न निषेध गरेको छ ।

सभामुखको निवासको पश्चिम दक्षिणतर्फ गैरीधाराको सय मिटर र प्रधानन्यायाधीशको निवासबाट लाजिम्पाटतर्फको सय मिटर क्षेत्रलाई समेत निषेधित बनाइएको छ । यसैगरी, राष्ट्रबैंक चोकदेखि पूर्वको सय मिटर क्षेत्रलाई समेत निषे धित क्षेत्रमा राखिएको छ ।

निषेधित क्षेत्र बढाएको प्रति टिप्पणी गर्दै गठाबन्धना संयोजक उपेन्द्र यादवले आन्दोलनबाट सरकार आत्तिएको कुरा प्रष्ट भएको बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..