» » १५ वर्षदेखि फरार अभियुक्त पक्राउ

सप्तरी वैशाख ३० गते । जिल्ला अदालत राजविराजबाट चोरी मुद्दामा सजाय पाएका १५ वर्षदेखि फरार दुईजनालाई प्रहरीले पक्राउ गरी बुधबार कारागारमा पठाएको बताइएको छ ।

पक्राउ परेका सप्तरीको भारदह–५ निवासी ५५ वर्षीय रामआशीष दास तत्मा र दौलतपुर–३ का ५० वर्षीय गङ्गु भन्ने गङ्गा यादवलाई बुधबार अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

दासलाई १५ वर्षअगाडि गोरु चोरी गरेको आरोपमा जिल्ला अदालतले १ वर्ष कैद र ६ हजार जरिवाना सजाय सुनाएका थिए भने यादवलाई पनि १ महिना कैद र दुई हजार जरिवाना सजाय दिएका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..