» » नगरपालिकामा सात दिनदेखि कर्मचारी धर्नामा


सप्तरी, वैशाख २७ गते । राजविराज नगरपालिककाको कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ र कर्मचारीबीचको विवादले विगत पाँच दिनदेखि नगरपालिकामा कामकाज प्रभावित भएको छ ।

गत वैशाख २१ गतेदेखि १३ बुँदे मागसहित नगरपालिकाका कर्मचारी धर्नामा बसेपछि यहाँ सेवा लिन आउने सेवाग्राही रित्तेहात फर्किन बाध्य भएको सेवाग्राहीको गुनासो छ ।

लगातार कार्यालय बन्द भएपछि चालु आवका अधिकांश विकास निर्माणको कामकाजसमेत प्रभावित भएको नगरपालिका कर्मचारीले जनाएका छन् ।

नगरपालिकाका कार्यकारी अधिकृत गुरुङको कार्यशैलीमा सुधार गर्नुपर्ने, हरुवा चरुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने र तीन महिनादेखि कर्मचारीको रोकिएको तलब उपलब्ध गराउनुपर्ने, निस्कासनमा परेका कर्मचारीलाई राख्नुपर्नेलगायतका १३ बुँदे माग राख्दै कर्मचारीले धर्नाको कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..