» » सिहदरवार घेराउ गर्नेप्रति गच्छदारको कडा टिप्पणी


विराटनगर, जेठ  ३ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पटक पटक वार्ताका लागि बोलाएपनि मधेशी मोर्चाका नेताहरु वार्तामा नआएको भन्दै सिहदरवार घराउको कुने तुक नरहेको टिप्पणी गर्नुभयो ।
आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै वार्ताबाट नै समस्याको समाधान हुने कुरामा सिहदरवार वरिपरी बसेर समाधान नहुने बताउनुभयो । मधेश आन्दोलन वा सिहदरवार घराउ किन त्यो कुरा मधेशी जनता समक्ष प्रष्ट नगरेको उल्लेख गर्दै सरकारले पटकपटक वार्तामा आउन आग्रह गरेकाले आन्दोलनमा जान नहुने उहाँले धारणा राख्नुभयो ।
उहाँले स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको तर काँग्रेस तथा मधेसी मोर्चाले त्यसको विरोध गरिरहेको उल्लेख गर्दै लोकतान्त्रिक विधि यदि मानेको छ भने निर्वाचनबाट टाढा भाग्न नहुने तर्क गर्नुभयो ।


उहाँले एक अर्को प्रसंगमा भन्नुभयो, संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने छ । सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्ने विषयमा मतदान प्रक्रियामा जानुअघिसम्म पनि प्रयास जारी राखिनेछ ।

सहमतिबाट नै संविधान कार्यान्वयनका लागि संसदीय नियमावली सहमतिमा जारी भएको अवस्थामा सकारात्मक सन्देश जनताबीच जाने भएकाले यस विषयमा सोच्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो ।

उहाँले संविधानमा तोकिएबमोजिम संसदीय सुनुवाइ समितिको सङ्ख्या निर्धारण हुनुपर्ने उल्लेख गर्दै सो समितिले अविश्वास प्रस्ताव उच्चपदस्थ संविधान निकायका प्रमुख र राजनीतिक निकायका प्रमुखलाई महाअभियोग प्रस्तावको सन्दर्भमा नेपाल सरकारले गरेको निर्णयलाई सो समितिले दुई तिहाइको बहुमतले बदर गर्न सकिने स्पष्ट गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..