» » यसरी ढाँट्दैछन् मधेशी निजामति कर्मचारी मञ्चले


काठमाडौ जेठ १८ गते । भोली हुने आधिकारीक ट्रेड युनियनको निर्वाचनमा विभिन्न दल सम्बद्ध निजामती ट्रेड युनियनको निर्वाचनमा छवटा आधिकारीक ट्रेड युनियनहरु सहभागि हुने भएको छ । त्यसमा नेपाल मधेशी निजामति कर्मचारी मञ्चले पनि सहभागि रहेको छ ।

मञ्चमा आवद्ध कर्मचारीहरुले आफूलाई संघीय गठबन्धन तथा मधेशी मोर्चा निकट भनि प्रचार गरिरहेका छन् जब कि सो मञ्च महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका भातृ संगठन रहेको बताइएको छ ।

सहारा टाइम्सलाई प्राप्त कागजात अनुसार तमलोपा भातृ संगठन अध्यक्षहरुको नामावलीको ११ औं नम्बरमा सो मञ्चको नाम राखिएको छ । जसमा अध्यक्षको नाम विनोद सिह र सम्पर्क नम्बर ९८५१११७३३७ राखिएको छ ।

एमाले निकटमा नेपाल निजामती कर्मचारी संगठन, काँग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियन संघ, माओवादी निकटको नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन,  कार्यालय सहयोगी नजिकको मानिने नेपाल स्वतन्त्र कर्मचारी मिलन केन्द्र, बैद्य नजिकको राष्ट्रिय कर्मचारी संगठन नेपाल रहेका छन् भने मधेशी
निजामती कर्मचारी मञ्चले आफूलाई संघीय गठबन्धन तथा मधेसी मोर्चाको निकट भनि प्रचार गरिरहेका छन् ।े निर्वाचनमा सहभागी भएका छन् ।

प्राप्त नम्बरमा विनोद सिहलाई सम्पर्क गर्दा उहाँको मोवाइलको स्वीच अफ भएको पाएको छ ।

निर्वाचनमा जम्मा २१ वटा पदका लागि समानुपातिक निर्वाचन हुने बताइएको छ । जसमा निर्वाचनमा पहिलो परिणाम ल्याउने अध्यक्ष, दोस्रोले महासचिव, तेस्रोले उपाध्यक्ष, चौथौले सह–सचिव पदको जिम्मेवारी पाउने भएको छ भने बाँकी १६ ओटा सदस्य परिणाम प्रतिशतको अधारमा चयन हुनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..